ललितपुर प्याट्रीयट्सद्वारा विराटनगर वारियर्स पराजित
काठमाडौँ । साबिक विजेता ललितपुर प्याट्रीयट्सले चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ ।
टियु क्रिकेट मैदानमा शुक्रवार विराटनगर वारियर्सलाई ३७ रनले पराजित गर्दै ललितपुरले पहिलो जित दर्ता गरेको हो । ललितपुरले दिएको २ सय २७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८९ रन मात्र बनाउन सक्यो ।
यस अघि सन्दुन विराकोड्डी र अज्मतुल्लाह ओमारजाईको अर्ध शतकीय इनिङ्स खेलेपछि ललितपुरले ५ विकेट गुमाएर निर्धारित २० ओभरमा २ सय २६ रनको विशाल योगफल तयार पारेको थियो ।
ललितपुरले तयार पारेको यो योगफल ईपीएल इतिहासकै सर्वाधिक ठूलो योगफल हो । यस अघि २०१८ मा भैरहवा ग्लाडीयटर्सले पोखरा राइनोज विरुद्ध बनाएको २ सय १६ रन सर्वाधिक उच्च रहेको थियो ।
यस जितसँगै ललितपुरले ४ खेलमा ३ अङ्क जोडेको छ । ललितपुर चौथो स्थानमा उक्लिएको छ । विराटनगरको यो लगातार तेस्रो हार हो । अङ्क विहीन विराटनगर पुछारमा रहेको छ ।
ओपनर मोहम्मद शाहजाद र युवा ब्याटर भीम सार्कीको अविजित शतकीय साझेदारीमा चितवन टाइगर्सले एभरेस्ट प्रिमियर लिग (इपिएल) मा लगातार तेस्रो जित निकाल्दै प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ । शुक्रवार चितवनले पोखरा राइनोजलाई ९ विकेटले हराउँदै दुई खेल अगावै शीर्षस्थानमा रहँदै प्लेअफमा पुगेको हो ।
जितको लागि १ सय २४ रनको विजयी लक्ष्य पछ्याएको चितवनले १६.४ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २३ रन बनाएको थियो । चितवनले आफ्नो चौथो खेलमा आइतबार ललितपुरसँग खेल्नेछ ।
। पोखराले पहिलो खेल भैरहवासँग वर्षाको कारण अङ्क बाँडेको थियो । दोस्रो खेलमा पोखराले ललितपुरलाई ९ विकेटले पराजित गरेको थियो । पोखराले शनिबार विराटनगरसँग खेल्नेछ ।








प्रतिक्रिया राख्नुहोस्