तपाईँ सुन्दै हुनुहुन्छः

गाडीको ठक्करबाट गम्भीर घाइते दुई विद्यार्थीको मृत्यु

सल्यान । शुक्रवार बिहान जीपको ठक्करबाट गम्भीर घाइते दुई विद्यार्थीको उपचारको क्रममा मृत्यु भएको छ । 

राप्ती प्रादेशिक अस्पताल दाङ तुलसीपुरमा उपचारको क्रममा दिउँसो दुई विद्यार्थीको मृत्यु भएको हो । 

मृत्यु हुनेमा सल्यान शारदा नगरपालिका –६ बरलाकी अन्दाजी १८ बर्षीया रेखा बुढाथोकी र सोही ठाउँकी अन्दाजी १८ वर्षकै सुनिता नेपाली रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिनुभयो ।

उनीहरूको उपचारको क्रममा दिउँसो १ बजे मृत्यु भएको हो । 

अन्य तीन जनाको थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीको भनाई छ । 

आज बिहान बागचौरदेखि सल्यान खलङ्गा आउँदै गरेको लु २ च ५७०१ नम्बरको जीपले शारदा नगरपालिका –२ बाङ्गेसल्लामा रुखको छहारीमा बसिरहेका विद्यार्थीलाई ठक्कर दिएको थियो ।  

द्रुत गतिका कारण विद्यार्थीलाई ठक्कर दिएर जीप सडकबाट १० मिटर तल खसेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button