तपाईँ सुन्दै हुनुहुन्छः

सुनसरीमा चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना

सुनसरी । सुनसरीमा महान् चाडपर्व लक्षित सुरक्षा योजना बढाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले जिल्लाको १२ स्थानीय तहको गाउँपालिका, नगरपालिका र उपमहानगरपालिकाको सबै नागरिकको सुरक्षासहित पर्वमा हुनसक्ने अनधिकृत क्रियाकलाप र असुरक्षालाई मध्यनजर गरी चाडपर्व लक्षित सुरक्षा निगरानी बढाएको हो । 

चाडपर्वलाई लक्षित गरी प्रहरीले सुरक्षा सक्रियता र निगरानी बढाएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेन्द्र कार्कीका अनुसार सम्भावित जोखिम क्षेत्रको पहिचान गर्दै मातहतका प्रहरी कार्यालय र इकाई तथा चौकीले उच्च निगरानी बढाएको जानकारी दिनुभयो । 

कार्कीका अनुसार मुख्यगरी खाद्य वस्तुमा कालोबजारी हुने, अखाद्य वस्तुलाई विक्री वितरण गर्ने, मिति सकिएका वस्तुमा नयाँ मिति राखेर विक्री गर्ने तथा कानुन विपरीतका कार्य गर्न सक्ने भएकाले त्यसतर्फ प्रहरीले निगरानी बढाएको छ । 

यस्तै, चोरी, तस्करी र आपराधिक गतिविधि समेत हुन सक्नेतर्फ पनि प्रहरीले थप सुरक्षा सतर्कता बढाएको छ । 

प्रहरी नायव उपरीक्षक कार्कीले मातहतका कार्यालय प्रमुखलाई अवैध गतिविधि नियन्त्रणमा सक्रिय हुन निर्देशन दिइएको जानकारी दिनुभयो । 
प्रहरीले चाडपर्वलाई लक्षित विशेष सुरक्षा योजना लागू गरेर सुरक्षा चुस्त पार्ने तयारी समेत थालेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button