पार्टीलाई एकताबद्ध बनाउनु अहिलेको आवश्यकता हो : अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गुटगत रुपमा नभई पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढ्नु अहिलेको आवश्यकता भएको बताउनु भएको छ ।
अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई आज काठमाडौँमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस अघि भएका गल्ती र भुल सच्याएर अगाडि बढ्न आफ्ना नेता कार्यकर्तालाई जनताको घरघरमा जान आग्रह गर्नुभयो ।
अध्यक्ष प्रचण्डले सहमति र सहकार्यबाट एक ढिक्का भएर पार्टी सम्मेलनसम्म जानुको विकल्प नभएको पनि बताउनु भयो ।

कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नाका लागि यस अघि एमाले सँग एकता गरेर आफूहरूले गल्ती नगरेको भन्दै केपी ओलीको धोका र विश्वासघातका कारण अहिलेको अवस्था आएको आरोप लगाउनु भयो ।
अध्यक्ष प्रचण्डले पार्टीका नेताहरूमा क्रान्तिकारी चरित्र कम हुँदै गएको र क्रान्तिकारी चरित्र स्खलित हुँदै गएको हो कि भन्ने अवस्था आएको भन्दै अव सच्चिनुको विकल्प नभएको पनि बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्