ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा हराउँदै पुलिस अन्तिम चारमा
काठमाडौँ । नेपाल पुलिस क्लब छैटौँ संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा बिहीबार भएको दोस्रो क्वाटरफाइनलमा ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा हराउँदै पुलिस अन्तिम चारमा पुगेको हो । यस जितसँगै पुलिस सेमिफाइनलमा पुग्ने दोस्रो टिम बनेको छ । यस अघि साविक विजेता हेल्प नेपाल सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।
साफ च्याम्पियनसिपको लागि माल्दिभ्समा रहेका नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङले मैदानमा नतिजाका लागि लड्ने बताएका छन् ।
मालेमा बिहीबार आयोजित प्रि–म्याच कन्फरेन्समा बोल्दै कप्तान किरणले माल्दिभ्समा कुनै पनि टिमसँग नडराउने र नतिजाका लागि मैदानमा लड्ने बताएका हुन् । नेपालले शुक्रवार आयोजक माल्दिभ्सविरुद्ध खेल्दै साफको सुरुवात गर्नेछ । नेपाल र माल्दिभ्सबीचको खेल नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ ।
कप्तान किरणले नेपाली टिममा युवा र अनुभवी खेलाडीको मिश्रण रहेको र नतिजाका लागि अन्तिमसम्म प्रतिस्पर्धा गर्ने बताए ।
नेपालले दोस्रो खेलमा श्रीलङ्कासँग असोज १८ गते खेल्नेछ । नेपालले तेस्रो खेलमा भारतसँग असोज २४ र लिग चरणको अन्तिम खेलमा बङ्गलादेशसँग असोज २७ मा खेल्नेछ । पाँच राष्ट्र सहभागी प्रतियोगिताको लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि असोज ३० मा प्रतिस्पर्धा गर्ने छन् ।








प्रतिक्रिया राख्नुहोस्