थप १ हजार ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ । आज थप १ हजार ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
आज ८ हजार ५ सय ५५ नमुनाको पिसिआर परीक्षण गर्दा ८ सय ९८ जना तथा ३ हजार २ सय १० नमुनाको एन्टिजेन परीक्षण गर्दा १ सय ८० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी आज थप ९ सय ११ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने थप १२ जनाको मृत्यु भएको छ ।
मन्त्रालयको तथ्याङ्क अनुसार आज देश भर गरी १८ हजार १ सय ६८ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
सक्रिय संक्रमित मध्ये १ हजार ३ सय ६६ जना अस्पताल तथा विभिन्न संस्थागत आइसोलेसन सेन्टरहरूमा रहेका छन् भने बाँकी संक्रमित आ–आफ्नै घरमा आइसोलेसनमा रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्