तपाईँ सुन्दै हुनुहुन्छः

चितवन टाइगर्सले काठमाडौँ किंग्स इलेभेनलाई ३ विकेटले हरायो

काठमाडौँ । चितवन टाइगर्सले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा काठमाडौँ किंग्स इलेभेनमाथि ३ विकेटको रोमाञ्चक जित हात पारेको छ । लगातार दोस्रो जितसँगै चितवन ४ अङ्क जोड्दै साथ शीर्षस्थानमा उक्लिएको छ ।

जितको लागि १ सय ४२ रनको विजयी लक्ष्य पछ्याएको चितवनले १८.४ ओभरमा विकेट ७ गुमाउँदै पूरा गर्‍यो । एक समय १४ ओभरमा ९५–७ को कमजोर अवस्थामा पुगेको चितवनलाई कमल सिंह एैरी  र राजेश पुलामीले  उत्कृष्ट साझेदारी गर्दै जित पक्का गराएका थिए । 

काठमाडौँका रायल बर्ल र जितेन्द्र मुखियाले दुई दुई विकेट लिए । जनक प्रकाश, गुलशन झा र सन्दीप लामिछानेले एक एक विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको काठमाडौँले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४१ रन बनाएको थियो ।

चितवनका स्पिनर सागर ढकालले ४ विकेट लिए । करिम जन्नतले २ विकेट लिए । शेकुगे प्रसन्ना र कमलसिंह ऐरीले १–१ विकेट लिए । पहिलो खेलमा चितवनले विराटनगर वारियर्सलाई २ विकेटले पराजित गरेको थियो । काठमाडौँले साविक विजेता ललितपुरलाई ७ विकेटले पराजित गरेको थियो । चितवनले पहिलो खेल अव शुक्रवार पोखरा राइनोजसँग खेल्ने छ । काठमाडौँले शनिवार भैरहवासँग खेल्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button