तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्रिपरिषद् बैठक : गोपालप्रसाद सिग्देल सचिवमा बढुवा

काठमाडौँ । सरकारले नेपाल सरकारका सहसचिव गोपालप्रसाद सिग्देललाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठक पछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता एवं कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकले जेनेभामा आयोजना हुने विश्व व्यापार सङ्गठन डब्लु टि ओको १२ मन्त्री स्तरीय सम्मेलनमा भाग लिन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई स्वीकृति दिने निर्णय गरेको बताउनुभयो । 

यसै गरी मन्त्रिपरिषद् बैठकले इन्टरपोलको ८९ औँ महासभामा भाग लिन स्वीकृति दिने निर्णय गर्नुका साथै विभिन्न मन्त्रालय अन्तर्गतका विकास आयोजनाहरूका लागि अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता मन्त्री कार्कीले जानकारी दिनुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button