तपाईँ सुन्दै हुनुहुन्छः

नक्कली परिचयपत्र बोक्ने युवतीमाथि छानबिन शुरु

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले नक्कली परिचयपत्र बोक्ने युवतीमाथि छानबिन शुरु गरेको छ । नगरपालिकाको छाप र दस्तखतको दुरुपयोग गरेर सामाजिक परिचालिकाको नक्कली परिचयपत्र बोकेको पाइएपछि नगरपालिकाले छानबिन शुरु गरेको हो ।

भीमदत्त नगरपालिकाकै बासिन्दा रहेकी गायत्री भट्टले आफू सामाजिक परिचालिका भएको भन्दै सरकारी छाप र दस्तखत किर्ते गरेर बनाइएको परिचयपत्र बोकेर विभिन्न कार्यक्रममा सहभागी हुने गरेको पाइएपछि आवश्यक अनुसन्धान थालिएको नगरपालिकाका प्रशासकीय अधिकृत हरिसिंह धामीले भट्टले बताउनुभएको छ । उनले ती युवती आफ्नो कर्मचारी नभएको, सरकारी छाप र दस्तखत किर्ते गरेको बताउनु भयो ।

यता भट्टले भने आफ्नो नाममा अरू कसैले परिचयपत्र बनाएर दुरुपयोग गरेको दाबी गरेकी छन् । उनको व्यक्तिगत मोबाइल नम्बर समेत राखिएको उक्त परिचयपत्र आफूले प्रयोग नगरेको जिकिर गर्दै भट्टले आफ्नो बदनाम गर्ने मनसायले अरूले नै त्यस्तो काम गरेको हुनसक्ने दाबी गरिन् । तर सामाजिक सञ्जालमा उनकै फेसबुक वालमा परिचयपत्र राखिएको भेटिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button