तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा एमालेको प्रथम विधान महाधिवेशनको तयारी पुरा

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भोलि देखि सुरु हुने प्रथम विधान महाधिवेशनको सम्पूर्ण तयारी भएको जनाएको छ । 

विधान महाधिवेशन मूल व्यवस्थापन समितिले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी भोलि देखि ललितपुरको गोदावरी सुरु हुने महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएका हो । 

पत्रकार सम्मेलनमा समितिका संयोजक रामबहादुर थापा बादलले तीन दिन सम्म चल्ने अधिवेशनमा राजनैतिक प्रतिवेदन, सङ्गठनात्मक प्रस्ताव तथा विधान संशोधन प्रस्तावमाथि छलफल हुने जानकारी दिनुभयो । 

संयोजक थापाले विधान अधिवेशनले एमालेको विधान एवं पार्टी सङ्गठनलाई नयाँ स्वरूप प्रदान गर्ने र त्यसले देशको राजनैतिक राजनैतिक भविष्यको दिशानिर्देश गर्ने बताउनुभयो । 

विधान महाधिवेशनमा देशभर बाट ६ हजार भन्दा बढी नेकपा एमालेका नेता तथा कार्यकर्ताहरू सहभागी हुने एमालेले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button