तपाईँ सुन्दै हुनुहुन्छः

७० जना बालकैदी सम्पर्कमा नआएपछि फरारको सुचीमा

बीरगंज । कोरोना सङ्क्रमणको कारण आफन्तको जिम्मा लगाइएका वीरगंज बाल सुधार गृहमा रहेका ७० जना बाल कैदीहरू सम्पर्कमा नआएपछि अदालतबाट फरार सुचीमा राखेर खोजी कार्य सुरु भएको छ ।

बीरगंजको बिर्तास्थित बाल सुधार गृहमा रहेका ७० जना बाल कैदीहरूलाई सर्वोच्च अदालतको निर्णय अनुसार कोरोना संक्रमण बढ्दै गएपछि अभिभावकको जिम्मा लगाइएको थियो  ।

सुधार गृहमा सजाय भोगिरहेका ७० जना बाल कैदीहरूलाई २०७६ चैत्र २० गते अभिभावकको जिम्मा लगाइएको र ती मध्ये १ जनाले आफै आत्महत्या गरिसकेका छन् भने पर्सा प्रहरीले बुधवार बीरगंजको चर्चित मुस्कान खातुनमाथि एसिड प्रहार गर्ने अभियुक्त समसाद मियालाई पक्राउ गरेको छ ।

अझै बीरगंजस्थित बाल सुधार गृहका ६८ जना बालकैदी समर्पक बाहिर रहेका छन् । परिवारले आवश्यक परेको बेला उपस्थित गरिदिने गरी बुझी लगेका बालकैदीहरुलाई उनीहरूका अभिभावकले कोरोना संक्रमण नियन्त्रणमा आएसँगै नबुझाएका कारण फेरि अदालतले उनीहरूको खोजी सुरु गरेका हो  । 

देशभरिका बालगृहमा रहेका बालकैदीहरुलाई कोरोनाबाट बचाउन सर्वोच्चले २०७६ चैत्र महिनामा अभिभावकको जिम्मा लगाउने निर्णय गरेको थियो । 

सर्वोच्चको निर्णय अनुसार अभिभावकहरूले सम्बन्धित जिल्ला अदालतमा निवेदन दिई अदालतको पत्रको आधारमा आफूहरू बीरगंजमा रहेका बालकैदीहरुलाई परिवारको जिम्मा लगाएको बाल सुधार गृहका वीरगजका प्रमुख टिका कृष्णा काफलेले बताउनुभयो । 

सो समयमा बाल सुधार गृहले ७० जना बालकहरूलाई परिवारको जिम्मा लगाएका थियो तर अहिलेसम्म कोही पनि सम्पर्कमा नआएको कार्यालय प्रमुख काफलेले बताउनुभयो । 

प्रदेश २ का ८ वटै जिल्ला अदालतको आदेशमा फैसला कार्यान्वयन गर्नका लागि विभिन्न अपराधमा संलग्न नबालकहरु बिरगंज सुधार केन्द्रमा बस्ने व्यवस्था मिलाएको छ । 

अहिले बीरगंजस्थित बाल सुधार गृहमा ७० जना बाहेक १ सय ३ जना नबालकहरु बाल कैदी रहेका छन् । 

प्रदेश २ का ८ जिल्लाबाट  बीरगंजमा बाल कैदीलाई बुझाउने गरिन्छ । कोरोनाका कारण अभिभावकले बुझेर लगेका बाल कैदीलाई अदालतमा बुझाउन पटक पटक पत्राचार गरे पनि परिवारले बेवास्ता गरेपछि उनीहरूलाई फरार अभियुक्त घोषणा गरेपछि प्रहरीले खोजी कार्य सुरु गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं डिएसपी ओम प्रकाश खनालले बताउनुभयो । 

बीरगंज बाल सुधार गृहमा अहिले सबभन्दा बढी जबरजस्तीकरणी गरेका अपराधमा नबालकहरु कैद भुक्तान गरिहेकाछन । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button