तपाईँ सुन्दै हुनुहुन्छः

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आज देखि पर्यटकीय गतिविधि सञ्चालन

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले आजबाट स्वास्थ्य सुरक्षाका मापदण्डको पालन गर्दै पर्यटकीय गतिविधि सञ्चालन गर्ने निर्णय गरेको छ । 

कोरोनाका कारण वैशाख १६ गते देखि गरिएको लकडाउनका कारण बन्द गरिएको पर्यटकीय गतिविधिहरू  आजबाट सञ्चालन गर्ने निर्णय गरिएको प्रमुख संरक्षण अधिकृत दिल बहादुर पुर्जा पुनले बताउनु भएको छ । 

उहाँले आज एक सूचना जारी गर्दै हात्ती सफारी बाहेकका जङ्गल सफारी, जङ्गल वाक, र्याफ्टी¨ तथा ढुङ्गा विहार, क्याम्पी¨ र फिसि¨ लगायतका पर्यटकीय गतिविधिहरू खुल्ला गरिएको बताउनु भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button