तपाईँ सुन्दै हुनुहुन्छः

अवैध काठ बरामद


कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं. ४ बेलकुण्डाका एक स्थानीयको घरबाट अवैध काठ बरामद गरिएको छ । 

बेलकुण्डाका पुष्कर चौधरीको घरबाट काठ चिर्न प्रयोग हुने मेसिनसहित काठ बरामद गरिएको हो ।

इलाका प्रहरी कार्यालय गुलरिया र सव डिभिजन वन कार्यालय वाणीका टोलीले चौधरीको कच्ची घरको माथिल्लो तलामा लुकाइरहेको अवस्थामा सालको काठ बरामद गरेको हो । 

बरामद काठ १२ दशमलव ८७ क्यूफिट छ ।

बरामद गरिएको काठ हरियाली सामुदायिक वन कार्यालय कञ्चनपुरमा पठाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button