तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभा बैठकमा महालेखा परीक्षकको वार्षिक प्रतिवेदन पेस

फाइल तस्बिर

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा महालेखा परीक्षकको ५८औँ वार्षिक प्रतिवेदन, २०७८ पेस भएको छ ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूको विरोधका बीच प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले महालेखा परीक्षकको वार्षिक प्रतिवेदन–२०७८ पेस गर्नुभएको हो ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त अध्यादेश खारेज सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनुभयो ।

प्रतिनिधिसभाको अर्को बैठक यही असोज १९ गते मङ्गलवार दिउँसो १ः०० बजे बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button