तपाईँ सुन्दै हुनुहुन्छः

कृषि उत्पादनले मूल्य नपाएको किसानको गुनासो

पाल्पा । पूर्व खोला २ जल्पाका किसानहरूको कृषि उत्पादनले भनेजस्तो मूल्य नपाउँदा किसानहरू मर्कामा परेका छन् ।

जल्पाको माथिल्लो भेग धोलिमारा, मैदान, बहादुरपुर लगायतका कृषकहरूले यस सिजनमा प्रशस्त मात्रामा उत्पादन गरेका काँक्रा, फर्सी लगायतका कृषि उपजले मूल्य नपाउँदा मर्कामा परेका हुन् । हिउँदे बाली गहुँ, तोरी, फापर लगाउने समयमा बारी जोत्ने समय भएकाले एकै पटक काँक्रा र फर्सी उत्पादन भएको हो ।

कृषकको सामान्य घर खर्चमा सहयोग होस् भनेर प्रति केजी १५/२० रुपियाँमा खरिद गरेर बुटवलको हाटबजार, पाल्पाको तानसेन, आर्यभन्जयाङ बजारमा निर्यात गरिएको अगुवा कृषक डोल बहादुर घर्तीले जानकारी दिनुभयो । यो सिजनमा मात्र १५ सय ८३ किलो काँक्रा निर्यात गरिएको घर्तीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button