तपाईँ सुन्दै हुनुहुन्छः

जापानमा शक्तिशाली भूकम्प

टोकियो । जापानमा बुधवार शक्तिशाली भूकम्प आएको छ । 

जापान भूगर्भ विभागले दिएको जानकारी अनुसार ६.१ म्याग्नीच्युडको भूकम्प आएको हो । 

जापानको सामुद्रिक क्षेत्रमा केन्द्रबिन्दु भएर भूकम्प आएकाले मानवीय क्षति भने हुन नपाएको अधिकारीले जनाएका छन् ।

स्थानीय समयअनुसार बेलुका ५।३७ बजे भूकम्प आएको विभागले जानकारी दिएको छ ।  

भूकम्प आए पनि आँधीको सम्भावना भने नदेखिएको अधिकारीले जनाएका छन् । रासस÷सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button