कास्कीमा १५ ठाउँमा यात्रु सहायता कक्ष सञ्चालनमा

कास्की । चाडपर्व आउन लागे सँगै कास्कीमा चहलपहल सुरु भएको छ । कास्कीका विभिन्न ठाउँमा यात्रुहरूको सहजताको लागी ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा आएका छन् ।
विजयादशमी, दीपावलीलगायतका चाडपर्वका समयमा यात्रुहरूलाई आवश्यक सहयोगका यात्रु सहायता कक्ष’ सञ्चालनमा ल्याइएको हो ।
जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले पोखरा–९ पृथ्वीचोकस्थित बसपार्क र पोखरा–२ स्थित बागलुङ बसपार्कमा सहायता कक्ष सोमबारदेखि सञ्चालनमा ल्याइएको हो । सहायता कक्षमा एक ट्राफिक र एक जनपथ गरी दुई जना प्रहरी रहने छन् ।
कक्षबाट यात्रु तथा सर्वसाधारणका गुनासालाई सम्बोधन गर्ने, सूचना सङ्कलन गर्ने र कोभिड–१९ का बारेमा सचेतना जगाउँदै मास्कलगायत स्वास्थ्य सामग्री वितरण गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अमृत बस्नेतले बताउनु भयो ।
कोरोनाले लामो समय सम्म सञ्चालनमा आउन नसेको यातायात अहिले सञ्चालनमा आएको छ । चाडपर्वमा यात्रुहरुसगँ मन परी भाडा असुल्ने स्वास्थ्य मापदण्ड पुरा नगर्ने जनगुनासाहरू व्यापक आउन थाले त्यसैले हामीले यात्रु सहायता कक्ष निमार्ण गरेका हौ बस्नेतले भन्नुभयो ।
चाडपर्वका बेला अन्य समयको तुलनामा यात्रुको चाप बढी हुने, सुरक्षा चुनौती रहने र यातायात मजदुरलगायतबाट यात्रुहरू ठगिने सम्भावना भएकाले सोको न्यूनीकरणका लागि सहायता कक्ष सञ्चालनमा ल्याइएको कास्की प्रहरी प्रवक्ता सुवास हमालले बताउनुभयो ।
उहाँले भन्नु भयो , “विशेष गरी यात्रुहरूलाई चाडपर्वका बेला आफ्नो गन्तव्यसम्म पुग्न कुनै पनि किसिमको कठिनाइ नहोस् र सुरक्षासम्बन्धी चुनौती नआओस् भनेर सहायता कक्ष सञ्चालन गरेका हौँ ।”
चाडपर्वका बेला यातायात मजदुर तथा व्यवसायीले तोकिएभन्दा बढी भाडा लिने, सिट क्षमताभन्दा बढी यात्रु राख्ने तथा निर्धारित गन्तव्यमा नपुर्याई बीच बाटामै छाडिदिने, यात्रुका सामान हराउन लगायत गुनासा यात्रुबाट आउने गरेकाले सहायता कक्षबाट समाधान गरिने प्रहरीको भनाइ छ ।
प्रहरीले विगत वर्षमा समेत दशैदेखि छठ पर्वसम्म सहरका विभिन्न स्थानमा सहायता कक्षबाट सेवा दिने गरेको थियो । चाडपर्वलाई लक्षित गरेर जिल्लाभित्र विभिन्न १५ स्थानमा चेक प्वाइन्ट स्थापना गरिएको बस्नेतले जानकारी दिनु भयो । पोखरा बसपार्कबाट पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म दिवा तथा रात्रि सेवाका बस सञ्चालन हुने गरेको छ । बागलुङ बसपार्कबाट साबिकको धवलागिरि अञ्चलका पर्वत, म्याग्दी, बागलुङलगायतका जिल्लासहित ग्रामीण र छोटो दूरीमा बस सञ्चालन हुने गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्