तपाईँ सुन्दै हुनुहुन्छः

ग्लोबल लिडरसिप एण्ड म्यानेजमेन्टमा विद्यावारिधिबाट गुप्तालाई सम्मान

बीरगंज । वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुबोधकुमार गुप्तालाई युरोपियन इन्टरनेशनल युनिभर्सिटी, पेरिस, फ्रान्सले ग्लोबल लिडरसिप एण्ड म्यानेजमेन्टमा “प्रोफेसनल डक्टरल सर्टिफिकेट”बाट सम्मानित गरेको छ । 

सेराटन दुबई क्रिक होटल एण्ड टावर्समा मङ्गलवार साँझ आयोजित कार्यक्रममा गुप्तालाई युनिभर्सिटीले भव्य कार्यक्रमका बीच सम्मान गरेको हो । 

गुप्ताले सामाजिक सेवा, संस्थागत र आर्थिक विकासको क्षेत्रमा पुर्‍याउनु भएको योगदानको कदर गर्दै युरोपियन इन्टरनेशनल युनिभर्सिटीको मोनिटरिङ्ग बोर्डले “प्रोफेसनल डक्टरल सर्टिफिकेट” प्रदान गरेको वीरगन्ज उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष अनिल कुमार अग्रवालले बताउनु भयो । 

बारा–पर्साका निजी क्षेत्रका छाता सङ्गठन वीरगञ्ज उद्योग वाणिज्य सङ्घको अध्यक्षका हैसियतले गुप्ताले प्राप्त गर्नु भएको अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिष्ठित सम्मानले वीरगञ्ज उद्योग वाणिज्य सङ्घ र बारा–पर्साका सम्पूर्ण उद्योगी व्यवसायीको लागि गौरवको विषय भएको अग्रवालले बताउनु भयो । 

गुप्ता नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यकारिणी सदस्य र नेपाल चामल, तेल, दाल उद्योग महासङ्घका केन्द्रीय अध्यक्ष समेत हुनु हुन्छ । 

औद्योगिक तथा व्यापारिक समूह मोहित ग्रुपमा प्रबन्ध निर्देशक रहेका गुप्ता नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नं २, वीरगन्जको रेलवे मावि र नेपाल रेडक्रस सोसाइटी पर्साका सल्लाहकार पनि हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button