तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश २ का मुख्यमन्त्री राउतले विश्वासको मत लिनुहुने

जनकपुरधाम ।  प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले यही असोज २० गते विश्वासको मत लिनुहुने भएको छ ।

विश्वासको मत लिन प्रदेश नं. २ को सरकारले प्रदेशसभाको बैठक आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । 

प्रदेश २ को आज बसेको मन्त्रिपरिषद्को बैठकले विश्वासको मत लिनका लागि प्रदेशसभाको अधिवेशन यही असोज २० गते बिहान ११ः०० बजे बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय भएको प्रदेश २ को आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले जानकारी दिनुभयो । 

हाल प्रदेश २ मा जनता समाजवादी पार्टी नेपाल, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको संयुक्त सरकार रहेको छ । 

मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button