तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री देउवालाई भेट्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बालुवाटारमा

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुग्नुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न दाहाल केही समयअघि बालुवाटार पुग्नुभएको हो ।

माओवादीको केन्द्रको स्थायी कमिटी बैठक बस्नुअघि प्रचण्ड देउवालाई भेट्न बालुवाटार पुग्नुभएको हो ।

सरकारमा जाने मन्त्रीहरूको नाम टुङ्गो लगाउन माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज दिउँसो १२ बजे पेरिस डाँडामा बस्दै छ ।

प्रधानमन्त्री देउवासँगको भेटमा दाहालले मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्नुहुने बताइएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button