तपाईँ सुन्दै हुनुहुन्छः

सिद्धार्थ राजमार्गको पानी मिलमा जिप दुर्घटना : दुई घाइते

पाल्पा । सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल पाल्पा सडक खण्डको पानी मिल नजिकै बलेरो जिप दुर्घटना भएको छ ।

आज बिहान पाल्पाबाट बुटवल जाँदै गरेको जिप तिनाउ गाउँपालिका–३, पानीमिल सानोगैरामा दुर्घटना हुँदा दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।

लु १ च ४३२६ नम्बरको बलेरो जिप दुर्घटनाका घाइतेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार हुँदै गरेको र घाइतेको अवस्था मध्यम रहेको तिनाउ गाउँपालिका ३ का वडा अध्यक्ष राजेश श्रेष्ठले जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते हुनेमा बुटवल उपमहानगरपालिका–२, बस्ने २८ का ज्ञानबहादुर दर्लामी चालक, र सोही स्थानका वर्ष २२ का रोहित सिंजाली सहचालक रहेको दोभान प्रहरी चौकीका प्रहरी नायव निरीक्षक विष्णुबहादुर कुँवरले जानकारी दिनुभयो । घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button