खोलाले बगाएर १२ वर्षीया बालिकाको मृत्यु
मकवानपुर । मकवानपुरमा मङ्गलवार खोलाले बगाएर १२ वर्षीया बालिकाको मृत्यु भएको छ ।
खोलाले बगाएर राक्सिराङ गाउँपालिका–८ की १२ वर्षीया मनिता माया थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मङ्गलवार दिउसो राक्सिराङ–८ स्थित गिर्खे खोलाले बगाउँदा मनिताको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । खोलाले बगाएकी मनिताको शव १ किलोमिटर तल फेला परेको थियो ।








प्रतिक्रिया राख्नुहोस्