कोभिड–१९ विरुद्धको थप खोप मगाइदिन आग्रह
भक्तपुर । जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरले सरकारले भक्तपुरमा कोभिड–१९ विरुद्धको खोप पठाउन छाडेको भन्दै थप खोप मगाइदिन जिल्ला प्रशासन कार्यालय भक्तपुरलाई आग्रह गरेको छ ।
जिल्लाका धेरै नागरिकले कोभिड–१९ विरुद्धको खोप लगाइसकेको भन्दै सरकारले भक्तपुर जिल्लालाई थप खोप पठाउन छाडेको कार्यालयको भनाइ छ ।
विपद् व्यवस्थापन र पूर्व तयारीका बारेमा जिल्ला प्रशासन कार्यालय भक्तपुरको छलफल कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णप्रसाद मिजारले भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मासँग थप खोप उपलब्ध गराइदिन आग्रह गर्नुभएको हो ।








प्रतिक्रिया राख्नुहोस्