तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय वाणिज्य बैङ्कले विद्युतीय कारोबारमा क्यास ब्याक दिने

file photo

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले चाडबाडलाई लक्षित गर्दै विद्युतीय कारोबारमा क्यास ब्याक दिने भएको छ । 

बैङ्कले दसैँ, तिहार, नेपाल संवत् एवं छठ लगायतको पर्वलाई लक्षित गर्दै पोइन्ट अफ सेल पीओएस को माध्यमबाट भुक्तानी गर्नेलाई क्यास ब्याक दिने स्किम ल्याएको हो ।

बैङ्कले प्रति कारोबार एक हजार रुपैयाँभन्दा बढीको कार्ड स्वाप गर्दा क्यास ब्याक दिने योजना असोज २१ गतेदेखि कात्तिक २४ गतेसम्म लागू हुने विज्ञप्तिमा उल्लेख गरेको छ ।

देशभर विभिन्न व्यवसायहरूमा रहेको पीओएसको माध्यमबाट राष्ट्रिय वाणिज्य बैङ्कको कार्ड स्वाप गरी रकम भुक्तानी गर्दा कारोबारमा क्यास ब्याक हुनेछ । 

यस अन्तर्गत ३ देखि ५ पटकको कार्ड स्वापमा ५ प्रतिशत अधिकतम क्यास ब्याक वा ५०० रुपैयाँ, ६ देखि १० पटकको कार्ड स्वापमा १० प्रतिशत अधिकतम क्यास ब्याक वा ७५० रुपैयाँ, ११ देखी १५ पटकको स्वापमा १५ प्रतिशत अधिकतम क्यास ब्याक वा एक हजार रुपैयाँमध्ये जुन कम हुन्छ सो बराबरको रकम क्यास ब्याक हुने बैकले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button