‘रोपे गुना फल’ रेडियो नाटक प्रसारण गर्नेसम्बन्धी सम्झौता

काठमाडौँ । रेडियो नेपाल र एन्टेना फाउन्डेसन नेपालबिच ‘रोपे गुना फल’ नामक रेडियो नाटक प्रसारण गर्ने सम्झौता भएको छ ।
सम्झौता अनुसार एन्टेना फाउन्डेसनद्वारा उत्पादित १५ मिनेटको रेडियो नाटक रेडियो नेपालबाट हरेक सोमबार र बिहीबार बिहान ८ः१५ देखि ८ः३० सम्म प्रसारण हुने छ ।
सम्झौता पत्रमा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसी र एन्टेना फाउन्डेसन नेपालका कार्यकारी निर्देशक विनय गुरागाईँले हस्ताक्षर गर्नुभयो ।
रेडियो नाटक १३ देखि २४ वर्ष सम्मका किशोर किशोरी र युवाका साथै २५ देखि ४५ वर्षका अविभावकलाई लक्षित गरिएको एन्टेना फाउन्डेसनले जनाएको छ ।
साथै, कार्यक्रम परिवारका सबै सदस्यका लागि त्यति नै उपयोगी हुने पनि फाउन्डेसनले जनाएको छ ।
रेडियो नाटक ‘रोपे गुना फल’ रेडियो नेपालको प्रसारण केन्द्र दाङ र दिपायलबाट पनि प्रसारण हुने छ ।
‘रोपे गुना फल’ रेडियो नाटक १ वर्षसम्म प्रसारण हुने सम्झौता रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्