पार्टीलाई सङ्गठित बनाउने नेतृत्व काँग्रेसमा आवश्यक: नेता आचार्य
विराटनगर । नेपाली काँग्रेसका केन्द्रिय सदस्य महेश आचार्यले पार्टीलाई सङ्गठित बनाउँदै राष्ट्रियताको मुद्दालाई सम्बोधन गर्ने नेतृत्व काँग्रेसमा आवश्यक रहेको बताउनुभएको छ ।
विराटनगरमा आज आयोजित नवनिर्वाचित क्षेत्रिय प्रतिनिधि तथा वडा सभापतिहरूको भेलामा उहाँले गुट उपगुटको राजनीतिले पार्टी कमजोर हुने भएकाले गुटको राजनीति नगर्न आग्रह गर्नुभयो ।
उहाँले पार्टीलाई एक ढिक्का बनाउँदै जनताको मन जित्ने गरी काम गर्न नव निर्वाचित पार्टीका प्रतिनिधिलाई आग्रह समेत गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्