पाल्पामा २३ जना सङ्क्रमित थपिए
पाल्पा । पाल्पामा मङ्गलवार २३ जना कोरोना संक्रमितहरु थपिएका छन् ।
यससँगै कोरोनाका सक्रिय सङ्क्रमितहरूको सङ्ख्या पाल्पामा १ सय ६७ जना पुगेको छ । एन्टिजेन परीक्षणमा २२ जना र पिसिआर परीक्षणमा १ जनामा कोरोना सङ्क्रमण देखिएको हो ।
१ जनाको पिसिआर परीक्षण गर्दा १ जना र १ सय ३२ जनाको एन्टिजेन परीक्षण गर्दा २२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
पाल्पामा कोरोना परीक्षण भएर संक्रमित हुनेहरूको कुल सङ्ख्या १० हजार १ सय ९९ पुगेको कार्यालयले जनाएको छ ।
२४ घण्टामा थप १३ जना निको भएर घर फिर्ता भएका छन् । पाल्पामा अहिलेसम्म २ सय २७ जना कोरोना सङ्क्रमितहरूको निधन भएको छ ।








प्रतिक्रिया राख्नुहोस्