प्रभात फेरी गरी ‘विश्व रेबिज दिवस’ मनाइयो

सल्यान । ‘तथ्य बुझौँ, त्रसित नहोऔँ’ भन्ने मूल नारासहित ‘विश्व रेबिज दिवस’ सल्यानमा मनाइएको छ ।
रेबिज जङ्गली तथा घरपालुवा जनावरहरूको टोकाइबाट हुने भएकोले कुनै पनि हेलचेक्र्याइँ गर्न नहुने सन्देश सहित सल्यानमा प्रभात फेरीको आयोजना गरी दिवस मनाइएको छ ।
प्रभात फेरी पछि आयोजित कार्यक्रममा बोल्ने वक्ताहरूले रेबिज रोग बच्न खोपको व्यवस्था भए पनि लापरबाही गर्दा ज्यान जान सक्ने बताएका छन् । उनीहरूले रेबिज रोगको लक्षण देखिएमा उपचार सम्भव नहुने भएकाले घरपालुवा जनावरलाई खोप लगाउनुपर्ने जोड दिएका छन् ।
पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यान र सहिद नेत्रलाल बहु प्राविधिक विद्यालयको संयुक्त आयोजनामा भएको कार्यक्रममा पशु चिकित्सक वालकृष्ण पाण्डेले रेबिज एक प्राणघातक भाइरस रहेको नेपालमा लगभग सबैजसो रेबिज रोग सङ्क्रमित कुकुरको टोकाइबाट सर्ने गरेकोले घरपालुवा कुकुर, बिरालो लगायतका जनावरलाई रेबिज विरुद्धको खोप लगाउनुपर्ने बताए ।
रेबिज विरुद्धको खोप लगाऔँ, रेबिज तथ्य बुझौँ, त्रसित नवनौ लगायत प्ले कार्ड सहित नाराजुलुश गर्दै साहु टोल, ठन्डी सडक, पुरानो बसपार्क, डाँडा गाउँ, जोडी पिपल हुँदै टुँडिखेल भएर र्याली निकालिएको हो । प्रभात र्याली पुरानो बसपार्क पुगेर कोण सभामा परिणत भएको हो ।








प्रतिक्रिया राख्नुहोस्