तपाईँ सुन्दै हुनुहुन्छः

बिर्तामोडबाट ठुलो परिमाणमा ब्राउन सुगर सहित दुई जना पक्राउ

झापा । इलाका प्रहरी कार्यालय अनारमनीले ठुलो परिमाणमा ब्राउन सुगर सहित दुई जनालाई पक्राउ गरेको छ । आज बिर्तामोड नगरपालिका–१ पञ्चकन्या क्षेत्रबाट चेकजाँचका क्रममा प्रहरीले एक सय ४६ ग्राम ब्राउन सुगर सहित कनकाई–९ का २६ वर्षीय टेकराज साह र विकास मर्डीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

साहको साथबाट ०.५ मिलिग्राम र मर्डीको साथबाट प्रहरीले ४.५ मिलिग्राम ब्राउन सुगर बरामद गरेको थियो । सोधपुछको क्रममा प्रहरीले बिर्तामोडस्थित मर्डीको डेरा कोठाबाट १४२.३७ ग्राम ब्राउन सुगर र २ लाख ६९ हजार ३ सय रुपैयाँ बरामद गरेको छ । 

कोठाबाट डिजिटल तराजु एक थान, क्यानुन कम्पनीको क्यामरा र मोटरसाइकल बरामद गरी इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ । आवश्यक अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद थप गरी कारबाही गरिने झापा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button