तपाईँ सुन्दै हुनुहुन्छः

वीरगन्जमा उपभोक्ता ठग्ने ९ पसल कारबाहीमा

बीरगंज । नजिकिँदै गरेको दशै, तिहार र छठलगायतका चाड पर्वलाई लक्षित गर्दै वीरगन्जमा बजार अनुगमनलाई स्थानीय प्रशासनले तीव्रता दिएको छ ।  

अनुगमनको क्रममा उपभोक्तालाई ठगी गरेको आरोपमा वीरगन्जका ९ वटा पसललाई कारबाही गरी ५० हजार जरिवाना गरेको छ । 

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्सा वीरगन्जको निमित्त कार्यालय प्रमुख जित बहादुर भण्डारीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा, वीरगन्ज उद्योग वाणिज्य सघ, उपभोक्ता हित संरक्षण मञ्च वीरगन्जको प्रतिनिधि सहित टोलीले उपभोक्ता संरक्षण ऐन २०७५  को दफा ३८  बमोजिम कसुर गरेकालाई सोही ऐनको  दफा ३९ बमोजिम ५० हजार रुपैयाँ जरिवाना गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्सा वीरगन्जको निमित्त कार्यालय प्रमुख जित बहादुर भण्डारीले बताउनुभयो । 

टोलीले घण्टाघर स्थित लक्ष्मी मोबाइल एन्ड इलेक्ट्रिक, बालाजी मोबाइल सेन्टर, विनोद मोबाइल सप्लायर्सलाई खरिद बिल बिजक नदेखाएकोले ५/५ हजार रुपैयाँ जरिवाना गरेको थियो भने श्री गणेश लक्ष्मी वस्त्रालयलाई १० हजार, ओम साई शु–सेन्टर, श्री नृसिंह जि श्यामबाबा इन्टरप्राइजेज, न्यु टिपटप ट्रेडर्स, राजा इन्टरप्राइजेज, वीरगन्ज फैशन सेन्टरलाई समेत विल विजक नदेखाएपछि ५/५ हजार रुपैयाँ जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साका सूचना अधिकारी दिलीप खंग खत्वेले जानकारी दिनु भयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button