चाडबाडको समयमा हुनसक्ने अनियमितता र कालोबजारी रोक्न सांसदहरुले जोड

काठमाडौँ । चाडबाडको समयमा हुनसक्ने अनियमितता र कालोबजारी रोक्न अनुगमनलाई तीव्रता दिनुपर्नेमा सांसदहरुले जोड दिनुभएको छ ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले चाडबाडको समयमा दैनिक उपभोग्य बस्तुहरूमा अनावश्यक मूल्यवृद्धि, मिसावट र अभाव सिर्जना गर्ने गिरोह सक्रिय हुने गरेको भन्दै त्यस्ता कुनै पनि गलत क्रियाकलाप हुन नदिन अनुगमनलाई तीव्रता दिनुपर्नेमा जोड दिनुभयो ।
बैठकमा सांसदहरुले अनुगमनका क्रममा त्रुटि भेटिए दोषीलाई कडा भन्दा कडा कारबाही गर्नु पर्ने बताउनुभयो ।
बैठकमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले अनुगमनलाई प्रभावकारी बनाउन सघन, संयुक्त र चाडबाड लक्षित अनुगमनलाई तीव्रता दिइने जानकारी गराउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्