तपाईँ सुन्दै हुनुहुन्छः

जितेन्द्र सोनार लोसपा प्रदेश २ को संसदीय दलका नेतामा निर्वाचित

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको प्रदेश नं २ को संसदीय दलको नेतामा जितेन्द्र सोनार निर्वाचित हुनु भएको छ । सर्वसम्मतिका लागि गए राति अबेरसम्म प्रयास गर्दा सर्वसम्मत नभएपछि मतदानबाट निर्णय लिँदा सोनार दलको नेतामा निर्वाचित हुनु भएको छ । 

प्रदेश २ मा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका १६ जना प्रदेश सभा सदस्यहरु रहनु भएकोमा छन् सोनारको पक्षमा ९ मत परेको छ । उहासंगै संसदीय दलका नेतामा उम्मेदवारी दिनु भएका प्रदेश सभाका सदस्य उपेन्द्र महतोले ६ मत परेको छ भने एक मत बदर भएको छ । 

यसअघि तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल प्रदेश २ का दलका नेता पनि सोनार नै रहेका थिए । दलको नेता छनौट गर्न आइतबार दिउँसो देखि जनकपुरको सिटी स्टार होटेलमा अध्यक्ष महन्त ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, शरत सिंह भण्डारी, अनिल झा सहितको अन्य शीर्ष नेताहरूले प्रयास गर्दा पनि सर्वसम्मत भएको थिएन । 

दल विभाजन सम्बन्धी अध्यादेश सरकारका सिफारिसमा राष्ट्रपतिले खारेज गर्नु भएपछि लोसपाको संसदीय दलका नेता निर्वाचन प्रक्रियाबाट चयन भएको छ । 

यसै गरी बैठकले यस अघि संसदीय दलको विधान पारित गरेको थियो । सर्वसम्मतिबाट संसदीय दलका नेता चयन नभएपछि सोही विधान अनुसार निर्वाचन प्रक्रिया मार्फत संसदीय दलका नेता चयन गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button