हेलम्बुमा बनेको तुइन उद्घाटनप्रति सिन्धु इन्जिनियरिङ समाज नेपालको ध्यानाकर्षण
सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिकाको चनौटेमा बनेको तुइन उद्घाटन भएको प्रति सिन्धु इन्जिनियरिङ समाज नेपालले आफ्नो ध्यानाकर्षण भएको बताएको छ । एक प्रेस विज्ञप्ति जारी गर्दै समाजले आफ्नो ध्यानाकर्षण भएको बताएको हो ।
गत असार १ र श्रावण १६ गतेको बाढीले हेलम्बु गाउँपालिकाको चनौटेमा रहेको रातोपुल बगाएपछि आवतजावतमा समस्या भएको थियो । यस क्रममा सिन्धु इन्जिनियरिङ समाज नेपालको प्राविधिक र आर्थिक सहयोगमा उक्त स्थानमा तुइन निर्माण गरिएको थियो । तुइन निर्माण कार्य अगाडि बढाउने क्रममा मेलम्ची नदीमा पानीको बहाव बढेर जगमा असर पुगेकाले यसको निर्माणमा केही ढिलाइ भएको र तुइन निर्माण कार्य सकिनसाथ सम्पूर्ण सहयोगी हातहरूको उपस्थितिमा तुइन सञ्चालनमा ल्याई हेलम्बु गाउँपालिकालाई हस्तान्तरण गरिने पनि विज्ञप्तिमार्फत जानकारी गराइएको छ ।
साथै उक्त संस्थाले मेलम्ची हेलम्बु क्षेत्रमा आएको बाढी पश्चात् तत्काल राहत र उद्धार कार्य गर्नको लागि सामाजिक भावनाबाट प्रेरित भई विपतको बेला गैर राजनीतिक संस्थाबाट गरिएको कामलाई कुनै व्यक्तिले गरेको भनी गरिएको प्रचारबाजीको पनि विज्ञप्तिमार्फत खण्डन गर्दै भ्रम नफैलाउन सबैलाई अनुरोध गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्