तपाईँ सुन्दै हुनुहुन्छः

चूडामणि शर्मासँग विशेष अदालतले माग्यो ५० लाख धरौटी

काठमाडौं । आन्तरिक राजस्व विभागका पूर्व महानिर्देशक चूडामणि शर्मासँग विशेष अदालतले ५० लाख धरौटी माग गरेको छ । सोमबार विशेष अदालतमा उपस्थित हुनुभएको शर्माको बयानपछि न्यायधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलाशले शर्मालाई ५० लाख धरौटी माग्ने आदेश गरेको हो ।

कर फछ्र्यौट आयोगले व्यवसायीहरुलाई जथाभावी कर छुट दिएर राज्यकोषमा १ अर्ब ३३ लाख २० हजार ५८५ रुपैयाँ घाटा लगाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत ९ असारमा शर्मासहित तत्कालिन आयोगका अध्यक्ष लुम्बध्वज महतसहितका पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button