तपाईँ सुन्दै हुनुहुन्छः

राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ खारेज

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ खारेज गर्नुभएको छ । 

राष्ट्रपति भण्डारीले नेपाल सरकार, मन्त्रीपरिषद्को मिति २०७८/६/११ को निर्णय एवम् सम्माननीय प्रधानमन्त्रीको सिफारिशमा संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम उक्त अध्यादेश खारेज गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button