करेन्ट लागेर २२ वर्षीय युवकको मृत्यु
सप्तरी । सप्तरीमा आज करेन्ट लागेर २२ वर्षीय युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको खडक नगरपालिका २ बेल्हाका २२ वर्षीय दीपेन्द्र मण्डल रहेका छन् ।
सोमबार दिउँसो जितिया मेलाका लागि एघार हजार भोल्ट प्रवाह भएको तारमाथि लाउड स्पिकर जोड्ने क्रममा करेन्ट लागेर मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
करेन्ट लागेर सिकिस्त भएका मण्डललाई उपचारका लागि लहान लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्