बी पी कोइराला राष्ट्रिय पुरस्कारको स्थापना गर्ने सरकारको निर्णय

काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले बी पी कोइराला राष्ट्रिय पुरस्कारको स्थापना गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले गोरखापत्र संस्थानको रिक्त कार्यकारी अध्यक्ष पदमा गुल्मीका विष्णु प्रसाद सुबेदीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै सरकारका प्रवक्ता एवं कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्को बैठकले रासायनिक मल नियमन दोस्रो संशोधन आदेश २०७८ स्वीकृत गरेको, समाज कल्याण परिषद्का उपाध्यक्ष, कोषाध्यक्ष, सदस्य सचिव र सदस्यहरूले दिनुभएको राजीनामा स्वीकृत गर्ने लगायतका निर्णयहरू गरेको जानकारी दिनुभयो ।
बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिने सम्बन्धमा केही निर्णय भएको हो कि भन्ने सञ्चारकर्मीको जिज्ञासामा प्रवक्ता, मन्त्री कार्कीले त्यस्तो कुनै निर्णय आजको बैठकबाट नभएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्