तपाईँ सुन्दै हुनुहुन्छः

जितिया पर्वको अवसरमा सांस्कृतिक कार्यक्रमको आयोजना

बारा । जितिया पर्वको अवसरमा बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले गढीमाई मन्दिरमा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । 

कार्यक्रममा विभिन्न जातजातिले मौलिक भेषभुषामा सजिएर आ–आफ्नो जातीको नृत्य प्रस्तुत गरेका थिए । 

जितिया पर्वको छुट्टै इतिहास र महत्त्व रहेकाले त्यसलाई बचाउन केही हदसम्म भए पनि सहयोग पुर्‍याउने उद्देश्यले नगर स्तरीय सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको नगर उपप्रमुख सरस्वती देवी चौधरीले जानकारी दिनुभयो । 

सांस्कृतिक कार्यक्रमको उद्घाटन नगर प्रमुख डा.कृष्ण पौडेलले पानसमा बत्ती बालेर उद्घाटन गर्नुभएको थियो । 

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत चेत कुमार पोख्रेल, वडा नं.७ का वडा अध्यक्ष रामबाबु गुप्ता, वडा सदस्य दुर्गा रिजाल, नेकपा एमालेका बारा जिल्ला अध्यक्ष देवनारायण चौधरी, समाजसेवी गीता कँडेल लगायतको सहभागिता थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button