तपाईँ सुन्दै हुनुहुन्छः

८ दिनदेखि बेपत्ता रावत मृत अवस्थामा भेटिए

अछाम । असोज ४ गते देखी बेपत्ता रहेका नेकपा एमाले अछामका जिल्ला कमिटी सदस्य धन बहादुर रावत मृत भेटिएका छन् । 

बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्नाको रवा लेकमा उहाँको शव भेटिएको हो । नेकपा एमाले अछामका जिल्ला कमिटी सदस्य समेत रहेका रावत असोज ४ गते रामारोशन गाउँपालिका वडा नम्बर ७ सुतारमा अनन्ते मेला हेर्न गएका थिए ।

सोही दिन देखी बेपत्ता रहेका रावतको शव सोमवार बिहान दर्नाको कालारवा लेकको जङ्गलमा भेटिएका हुन । रावतको खोजीका लागि स्थानीयसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका थिए ।

मोबाइल लोकेसनका आधारमा खोजी गर्दै उहाँको सब भेटिएको अछाम प्रहरी प्रमुख डिएसपी तुल्सीराम अर्यालले बताउनु भयो । रावत स्थानीय तहको निर्वाचनमा बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्नाको वडा अध्यक्षको उम्मेदवार बन्नु भएको थियो ।

घटनाबारे थप अनुसन्धान गरिरहेको अछाम प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button