तपाईँ सुन्दै हुनुहुन्छः

महाकाली नदीमा एक युवक बेपत्ता

डडेलधुरा । महाकाली नदीमा नुहाउने क्रममा डडेलधुराका एक युवक शनिबार बेपत्ता भएका छन् । शनिबार दिउँसो भारतको भुवागाउँ भन्ने स्थानमा नुहाउने क्रममा परशुराम नगरपालिका ५ का १८ वर्षीय दिपक नाथ बगेर बेपत्ता भएको इलाका प्रहरी कार्यालय जोगबुडाले जानकारी दिएको छ । 

उनी एक साता अघि मात्रै भारतको भुवागाँउमा मजदुरी गर्न भनी गएका थिए तर उनको खोजीकार्य भइरहेको भए पनि अहिलेसम्म पनि फेला नपरेको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक रमेश अवस्थीले बताउनु भएको छ । 

घर परिवारको आर्थिक अवस्था दयनीय भएपछि बिदेशिएका युवकको नदीमा बेपत्ता भएको खबर आएपछि गाउँ नै शोकमा डुबेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button