तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँमा लागु औषध मुद्दाका एकसहित ६ फरार प्रतिवादी पक्राउ

नहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले लागु औषधसहित विभिन्न मुद्दामा फरार ६ प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीले लागु औषधमा फरार जिल्ला तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नं ५ लालिगुरास टोल बस्ने २२ वर्षीय विशाल भन्ने ओम प्रकाश गुरुङलाई पक्राउ गरेको छ ।

गुरुङलाई जिल्ला अदालतले २ महिना कैद र रु २ हजार जरिवाना तोकेको थियो । गत २०७५ पुष १९ गते अदालतले फैसला गरे देखी फरार रहेका गुरुङलाई ३ वर्षपछि आइतबार प्रहरीले पक्राउ गरेको छ । 

यस्तै केही सार्वजनिक अपराध मुद्दामा फरार रहेका ३ जना, सम्बन्ध विच्छेद मुद्दामा फरार रहेका २ जनालाई समेत तोकिएको जरिवाना रु ४ हजार २२५ भुक्तानको लागी तनहुँ जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।

विभिन्न अपराध एवं मुद्दाहरूमा संलग्न रही फरार रहेका तथा सम्मानित अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तिहरूको खोजी गर्ने कार्य तीव्रता दिँदै आएको जिल्ला प्रहरी कार्यालय तनहुँका नायव उपरीक्षक युवराज तिमिल्सनाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button