राष्ट्रियसभा : दुई विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले आर्थिक विधेयक, २०७८ र राष्ट्र ऋण उठाउने विधेयक,२०७८ बहुमतले पारित गरेको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बीच अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएको आर्थिक विधेयक, २०७८ र राष्ट्र ऋण उठाउने विधेयक,२०७८ पारित गरियोस् भन्ने प्रस्तावलाई सदनको बहुमतले पारित गरेको हो ।
यी दुवै दुवै विधेयक प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रिय सभामा लगिएको थियो ।
आजको राष्ट्रियसभाको बैठकले विधेयक पारित गरेर पुनः प्रतिनिधिसभामै पठाएको छ ।
विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले कलाकार, चिकित्सक र कानुन व्यवसायी लगायतका व्यवसायीहरूलाई कोरोनाका कारण कर छुट दिइएको भन्नुहुँदै सबैलाई करको दायरामा ल्याउन यसो गरिएको बताउनुभयो ।
राष्ट्रियसभाको अर्को बैठक यही असोज १७ गते आइतबार दिउँसो १ः०० बजे बस्ने गरी सकिएको छ ।








प्रतिक्रिया राख्नुहोस्