नेपाल–भारत मैत्री बस सेवा पुनः सञ्चालन गर्ने तयारी

कञ्चनपुर । कोरोना महामारी सुरु भएसँगै बन्द भएको नेपाल–भारत मैत्री बस सेवा पुनः सञ्चालन हुने भएको छ।
नेपाल सरकारले मैत्री बस सेवा पुनः सुरु गर्नका लागि भारतीय दूतावासमार्फत आवश्यक प्रक्रिया थालिसकेको महाकाली बस व्यवसायी प्रा.ली ले जनाएको छ ।महेन्द्रनगरबाट भारतको राजधानी दिल्लीका लागि ५ र देहरादूनका लागि २ गरेर दैनिक ७ बस छुट्ने गरेका थिए।
मैत्री बस सेवा सुरु भएपछि दुवै देशका यात्रुहरूलाई लाभ मिल्नेछ। यसका साथै सीमा क्षेत्रमा भारतीय भन्सारकर्मी, भारतीय प्रहरी र रिक्सा चालकबाट लुटिने समस्याको समेत अन्त्य हुनेछ।








प्रतिक्रिया राख्नुहोस्