तपाईँ सुन्दै हुनुहुन्छः

आत्महत्या गर्ने भन्दै पिलरमा चढेकी महिलाको प्रहरीद्वारा उद्धार

कञ्चनपुर । कञ्चनपुरमा आत्महत्या गर्ने भन्दै महाकाली नदिमा रहेको दोधारा चाँदनी झोलुङ्गे पुलको पिलरमा चढेकी एक महिलाको प्रहरीले उद्धार गरेको छ ।

मानसिक अवस्था ठिक नभएकी महिला आज भीमदत्त नगरपालिका तर्फको तेस्रो अग्लो पिलरको टुप्पोमा चढेकी थिइन् ।

मोबाइल समेत बोकेर गएकी उनी फोनमार्फत हाम फाल्नै भन्दै आफन्तलाई धम्की दिइरहेकी थिइन् । आफन्तहरू आएपछि उनलाई ललाई फकाइ पिलरबाट तल झारिएको असई प्रताप बहादुर थापामगरले बताउनुभयो । 

ती महिलालाई दोधारा चाँदनी नगरपालिका ६ का वडाध्यक्ष दिल बहादुर सिंजाली सहित आफन्तको जिम्मा लगाएको मगरले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button