तपाईँ सुन्दै हुनुहुन्छः

कार्यविधि बनाउनेबारे छलफल शुरुः अर्थमन्त्री शर्मा

काठमाडौँ । अर्थमन्त्री जर्नादन शर्माले आइतबारदेखि बजेटमा व्यवस्था गरिएका विषयको कार्यविधि बनाउनेबारे छलफल थालेको बताउनु भएको छ । 

अर्थमन्त्री शर्माले नयाँ बजेटमा दीर्घ रोगीको उपचारका लागि सरकारले मासिक भत्ता उपलब्ध व्यवस्था गरे अनुसार कार्यविधि र निर्देशिका बनाउन शुरु गरिएको पनि बताउनुभयो ।

मेरुदण्ड पक्षघात समूह, नेपालसँगको भेटमा आइतबार अर्थमन्त्री जनार्दन शर्माले दीर्घ रोगीको उपचारका लागि बजेटमा भएको मासिक भत्ता व्यवस्था बारेमा केही दिनभित्रै सरोकारवाला निकाय तथा समूहसँग बसेर कार्यविधि बनाई तत्काल कार्यान्वयनमा लैजाने आश्वासन दिनुभयो ।

अर्थमन्त्री सँगको भेटमा मेरुदण्ड पक्षघात समूह नेपालका अध्यक्ष ऋषि ढकालले हाल नेपालमा करिब पाँच हजार स्पाइनल कर्ड इन्ज्यूरी भएका व्यक्ति रहेका र उनीहरूमा घाइते भएपछि मानसिक विक्षिप्तता आउने र समाजमा अर्को दर्जाको नजरले हेर्ने प्रचलन रहेको भन्दै मासिक भत्ताले समाजमा पुनर्स्थापना हुन टेवा पुग्ने बताउनुभयो ।

भेटमा समूहको टोलीले दीर्घ रोगीको उपचारका लागि बजेटमा मार्फत भत्ताको व्यवस्था गरिएकोमा सरकारलाई धन्यवाद समेत दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button