तपाईँ सुन्दै हुनुहुन्छः

हेलम्बुमा सञ्चालन भयो तुइन

सिन्धुपाल्चोक । मेलम्ची बाढीले पुल बगाएको झन्डै २ महिनापछि हेलम्बुको चनौटेमा तुइन जडान भएको छ । हेलम्बु क्षेत्रकै लाइफ लाइनको रुपमा परिचित चनौटे स्थित रातो पुल बगाएपछि हेलम्बु गाउँपालिका पूर्ण रूपले सडक सम्पर्कबाट टुटेको छ । 

गत साउन १६ गते आएको बाढीले रातो पुल बगाएपछि हेलम्बु गाउँपालिकाको ६ वटा वडा, मेलम्ची नगरपालिकाको २ वटा वडा र पाँच पोखरी थाङ्पाल गाउँपालिकाका २ वटा वडाका स्थानीयले सास्ती खेप्दै आइरहेका थिए । रातो पुलको विकल्पमा तुइन सञ्चालन आएपछि स्थानीयले केही राहतको अनुभव गरेका छन् ।

बागमती प्रदेशसभाका सदस्य एवम् पूर्व सामाजिक विकास मन्त्री युवराज दुलालको सहयोगमा तुइन निर्माण एवम् जडान भएको स्थानीय समीर गिरीले जानकारी दिनुभयो । तुइनको माओवादी केन्द्रका जिल्ला सदस्य पेमा होल्मोले आइतबार एक कार्यक्रमबिच उद्घाटन गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button