तपाईँ सुन्दै हुनुहुन्छः

सोमालियामा बम आक्रमणबाट सातको मृत्यु, नौ जना घाइते

मोगादिसु  । सोमालियाको राजधानी मोगादिसुमा भएको बम आक्रमणमा परी कम्तीमा पनि सात जनाको ज्यान गएको छ । 

साथै सो आक्रमणबाट अरू नौ जना घाइते भएका बताइएको छ । उक्त बम विस्फोट भएको स्थान मोगादिसुस्थित राष्ट्रपति कार्यालयनजिक रहेको बताइएको छ । 

शनिबार सो बम आक्रमण भएको प्रहरीले जनाएको छ । यहाँका एक जना प्रहरी अधिकारीले प्रहरी चौकीनजिकै केही व्यक्तिले विस्फोटक पदार्थले आक्रमण गरेका थिए । आक्रमणका क्रममा एक जना आक्रमणकारी पनि मारिएको बताइएको छ । 

सो आक्रमण सोमालियामा हिंसात्मक हमला गरिरहेको अल सेबाब विद्रोही समूहले गरेको अनुमान गरिएको छ । त्यस आक्रमणमा उनीहरूले शक्तिशाली विस्फोटक पदार्थ प्रयोग गरेका थिए । रासस/सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button