तपाईँ सुन्दै हुनुहुन्छः

एमाले केन्द्रिय कमिटी बैठक : तीनवटै प्रतिवेदन सुझावसहित पारित

काठमाडौँ । नेकपा एमाले केन्द्रिय कमिटी बैठकले विधान महाधिवेशनमा पेस गरिने तीनवटै प्रतिवेदन सुझावसहित पारित गरेको छ । 

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको बैठकले विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन र विधान मस्यौदा प्रतिवेदन सुझावसहित पारित भएको नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।

May be an image of 1 person

  

असोज १५ गतेदेखि सुरु हुने विधान महाधिवेशनमा देशभर र प्रवाससमेतबाट गरी करिब ५ हजार प्रतिनिधिले भाग लिने प्रचार विभाग प्रमुख भट्टराईले जानकारी दिनुभयो ।  

आजको बैठकले सरकारले पारित गरेको बजेट प्रतिस्थापन विधेयक राष्ट्रिय कानून विरुद्ध भएकाले तत्काल फिर्ता गर्नुपर्ने र स्रोत नखुलेको सम्पत्तिलाई खुला गर्ने सरकारको कार्यको विरोध गर्ने  थप दुई वटा प्रस्ताव समेत पास गरेको प्रचार विभाग प्रमुख भट्टराईले बताउनुभयो ।

May be an image of 2 people, people sitting, people standing and indoor

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button