तपाईँ सुन्दै हुनुहुन्छः

भक्तपुर नगरमा तमखुको प्यानल विजयी

भक्तपुर । नेपाली कांग्रेस भक्तपुर नगरपालिका कार्यसमितिमा राजेन्द्र तमखुको प्यानल विजयी भएको छ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज सम्पन्न भक्तपुर नगरको निर्वाचनमा तमखुको प्यानलै विजयी भएको हो ।

नगर सभापतिमा निर्वाचित तमखुले ८९ मत प्राप्त गर्नुभयो भने पराजित हुनुभएका राम कासुलाले ६८ मत प्राप्त गर्नुभयो ।

यसै गरी नगर उपसभापतिमा तमखुको प्यानलका राजन जोशी र रोशन तुकबन्जार, सचिवमा रत्नसुन्दर खुजु र सुनिल राज दैवज्ञ, सहसचिवमा विष्णु प्रसाद गणेजु र आरती रञ्जीत, नगर क्षेत्रीय प्रतिनिधिमा रमा ढकाल शिल्पकार र विश्वजित भैल विजयी भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button