तपाईँ सुन्दै हुनुहुन्छः

धनगढीस्थित नवजीवन अस्पतालमा एक जना सुत्केरी महिलाको मृत्यु

धनगढी । कैलालीको धनगढीस्थित नवजीवन अस्पतालमा एक जना सुत्केरी महिलाको मृत्यु भएको छ । 

डोटीको शिखर नगरपालिका ६ की सुत्केरी महिला २६ बर्षिया कल्पना सिंह मल्लको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । 

नवजीवन अस्पतालले आज प्रेस विज्ञप्ति जारी गर्दै सुत्केरी महिलालाई बचाउनका लागी विशेषज्ञ चिकित्सक सहितको टोलीले हर सम्भव प्रयास गर्दा समेत उनलाई बचाउन नसकिएको जनाएको छ ।  

मल्लको अत्याधिक रक्त श्रापका कारण मृत्यु भएको बताइएको छ । उनले जन्मिएको नवजात शिशुलाई एनआईसियूमा राखिएको छ । अस्पतालमा नियमित स्वास्थ्य चेकजाँच गराउँदै आएकी उनी पेट दुखेपछि हिजो अस्पताल भर्ना भएकी थिइन् । 

यसैबिच उनका आफन्तजनले अस्पताल र चिकित्सकको लापरबाहीका कारण सुत्केरीको मृत्यु भएको आरोप लगाएका छन् । 

आज प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूले घटनाको सत्य तथ्य छानबिन गरी उपचारमा संलग्न चिकित्सकमाथि कारबाही र नवजात शिशुको अवस्था, स्वास्थ्य सुरक्षा तथा भरण पोषणको सुनिश्चितता गरिनुपर्ने लगायत माग गरेका छन् । 

अस्पताल घेराउ गरिएपछि प्रहरी परिचालन गरिएको बताइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button